इंग्ल्याण्ड नक आउट चरणमा पुग्यो, अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा स्थान बनायो
गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । इंग्ल्याण्ड यूरो कप फुटबल २०२० को अन्तिम १६ मा पुगेको छ । समूह डी मा रहेको इंग्ल्याण्डले आज अन्तिम खेलमा शीर्ष स्थानको चेक रिपब्लिकको सामना गर्दैछ ।
समूह बी अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा बेल्जियमले फिनल्याण्डलाई हराउँदा इंग्ल्याण्ड अन्तिम १६ मा पुग्ने सुनिश्चित भएको हो । इंग्ल्याण्डले चेक रिपब्लिक बिरुद्ध जस्तो सुकै हार बेहोरेपनि तेस्रो स्थानको चार उत्कृष्ट टोलि अन्तिम १६ मा पुग्ने हुँदा इंग्ल्याण्ड ती मध्ये एक हुनेछन् । समूह डी मा इंग्ल्याण्ड र चेक रिपब्लिक दुबैको सामान चार अङ्क छ । इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।
उता स्कटल्याण्ड भने दोस्रो स्थानमा उक्लिन आजै क्रोएशियाको सामना गर्दैछ । क्रोएशिया बिरुद्ध जित हात पारे स्कटल्याण्ड समेत अन्तिम १६ मा स्थान सुनिश्चित गर्ने । तर क्रोएशियाले जितेको अवस्थामा तेस्रो स्कटल्याण्ड अन्तिम १६ पुग्नबाट रोकिनेछ ।
उता समूह सी बाट अष्ट्रिया यूरो कप फुटबल २०२० को नकआउट चरणमा स्थान सुनिश्चित गरेको छ । उसले यूक्रेनमाथि ०–१ को जित हात पार्दा पहिलो पटक यूरो कपको नक आउट चरणमा पुग्न सफल भयो ।