फुटबल | खेलकुद |

डेनमार्क क्वार्टरफाइनलमा पुग्यो, वेल्स बाहिरियो

गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । डेनमार्क यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।
डेनमार्कको ऐतिहासिक जितमा २७ औं मिनेटमा स्ट्राइकर कास्पर डोलबर्गले उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ४८ औं मिनेटमा उहाँले वेल्सका डिफेन्डर नेको विलियम्सको गलतीको फाइदा उठाउँदै गर्नुभएको प्रहार गोलमा परिणत भयो । वेल्स खेलमा पुनरागमन गर्ने कुनै सम्भाबना नदेखिदा जोकिम मेहलले डेनमार्कका लागि तेस्रो गोल थप्नुभयो । ९० औं मिनेटमा हयारी विल्सन रातो कार्ड पाउँदा वेल्स झनै निराश हुन पुग्यो ।
अतिरिक्त समयको अन्तिम मिनेटमा मार्टिन ब्र्रैथवेटले गोल थप्दै डेनमार्कको क्वार्टरफाइनलको सहज यात्रा तय गर्नुभयो ।