फुटबल | खेलकुद |

४५ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । अखिल नेपाल फुटबल संघले २०२२ मा हुने एएफसी महिला एशिया कप छनोटको तयारी स्वरुप ४५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । महिला राष्ट्रिय टोलिका प्रशिक्षक गैरी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई चयन गर्नुभएको हो ।
बन्द प्रशिक्षण आगामी जुलाई १८ बाट सुरु हुनेछ । एएफसी २०२२ महिला एशियाली कप छनोट खेलमा फिलिपिन्स र हङ्गकङ्गसँगै नेपाल समूह एफ मा छ । एशियाली कपको छनोट खेलहरु आगामी सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछ ।