एएफसी २३ वर्षमुनिको एसिया कप २०२२ को छनोटमा नेपाल समूह बी मा पर्यो
गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । नेपाल एएफसी २३ वर्ष मुनिको एसिया कप २०२२ को छनोटमा समूह बी मा परेको छ । नेपालसँगै, लेबनान, इरान र ताजिकिस्तान समूह बी मा छन् ।
अखिल नेपाल फुटबल संघका अनुसार छनोटमा एशियाका ४२ राष्ट्रलाई ११ समूहमा विभाजन गरिएको छ । एशिया कप २०२२ को छनोटका लागि १५ स्थानका ४२ राष्ट्रले स्पर्धा गर्नेछन् । उज्वेकिस्तान भने आयोजकको हैसियतले यसअघि नै स्थान सुनिश्चित गरिसकेको छ । मध्य एसियाले पहिलो पटक प्रतियोगिताको आयोजना गर्दैछ ।
कुल ४२ राष्ट्रलाई पश्चिम र पूर्व गरी दुई क्षेत्रमा विभाजन गरिएको छ । पश्चिम एशिया अन्तगर्त दक्षिण तथा मध्य एशियाका २३ राष्ट्र र पूर्ब तथा आसियानका गरी १९ राष्ट्रलाई पूर्बी क्षेत्रमा राखिएको छ । पश्चिम क्षेत्र अन्तर्गत छ समूह विभाजन गरिएको छ । जसमा पाँच समूहमा चार चार राष्ट्र तथा एक समूहमा तीन राष्ट्र छन् ।
पूर्ब क्षेत्र समूहमा चार समूहमा चार चार टोलि र एक समूहमा तीन टोली अटाएका छन् । ११ समूह विजेता राष्ट्र र चार वटा दोस्रो स्थानमा रहन सफल उत्कृष्ट गरी १५ राष्ट्र एएफसी २३ वर्ष मुनिको एसिया कपका लागि छनोट हुनेछन् ।
छनोट खेलहरु अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।