फुटबल | खेलकुद |

‘खेलाडीमाथि नश्लभेदी टिप्पणी गर्ने इंग्ल्याण्डका प्रशंसक हुन सक्दैन्’

गोरखापत्र अनलाइन
काठमाडौं, असार २९ गते । इंग्ल्याण्ड फुटबल टोलिका कप्तान हयारी केनले खेलाडीमाथि रङ्गभेदी टिप्पणी गर्नेहरु इंग्ल्याण्डका प्रशंसक हुन नसक्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता प्रशंसकको आवश्यकता नरहेको बताउनुभएको छ ।
यूरो कप फुटबल २०२० को फाइनलमा इटाली बिरुद्ध इंग्ल्याण्ड पेनाल्टी शूट आउटमा हारेको थियो । मार्कस राशफोर्ड, बुकायो साका र जैदन साञ्चोको प्रहार विफल भएपछि खेल प्रशंसकले तीनै जनामाथि नश्लभेदी टिप्पणी गरेका थिए । खेल लगत्तै तीनैजना खेलाडीमाथि सामाजिक सञ्जालमा प्रशंसक खनिएका थिए ।
केनले भन्नुभयो, “तीनैजनालाई समर्थन र सहयोगको आवश्यकता छ न की नश्लभेदी टिप्पणीको ।” ट्वीटरमा कप्तान केनले संस्करणभरि उत्कृष्ट प्रदर्शन गरेका तीनैजनाको साहासले यहाँसम्म आइपुगेको बताउनुभएको छ ।