नश्लभेदी टिप्पणी गर्ने चार जना पक्राउ
गोरखापत्र अनलाइन
काठमाडौं, असार ३१ गते । बेलायतको प्रहरीले खेलाडीमाथि नश्लभेदी टिप्पणी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । यूरो कप फुटबल २०२० को फाइनलमा इटाली बिरुद्ध तीन वटा पेनाल्टी बिफल भएकोमा पेनाल्टी प्रहार गर्ने खेलाडीले दुब्यर्वहारको सामना गर्नुपरेको थियो । मार्कस राशफोर्ड, बुकायो साकास र जैदन साञ्चोको प्रहार विफल भएको थियो । इंग्ल्याण्ड यूरो कप फुटबलको फाइनलमा हार बेहोर्न पुग्यो ।
बेलायती फुटबललाई सुरक्षा प्रदान गर्ने निकायले नश्लभेदी टिप्पणी गर्ने थुप्रै रिपोर्ट प्राप्त भएको जनाएको छ । निकायका अनुसार फाइनल खेल समाप्त भएको चौबीस घण्टाभित्र ८९७ घटना दत्र्ता भएको र २६४ जनालाई नियन्त्रणमा लिइएको छ ।
स्थानीय प्रहरीले भने दुब्र्यवहारको आरोपमा चार जनालाई पक्राउ गरिएको जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फुटबल खेलाडीलाई दुब्यर्वहारसहितको सन्देश पठाउनेलाई प्रत्यक्ष खेल हेर्न प्रतिबन्ध लगाउने बताउनुभएको थियो ।