चेतन घिमिरे महिला टोलिको सहायक प्रशिक्षक नियुक्त
गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । राष्ट्रिय महिला फुटबल टोलिका सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त हुनुभएको छ । उहाँलाई एशियाली कप छनोटको तयारीका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले एशिया कप महिला फुटबलको छनोट खेलको तयारीमा रहेको टोलिको प्रशिक्षणका लागि घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको बताउनुभएको छ । नेपाल पुलिस क्लबबाट ब्यवसायिक फुटबलको सुरुवात गर्नुभएका चेतन पहिलो पटक प्रशिक्षण टोलिमा आबद्ध हुनुभएको छ । सन् २००९ मै राष्ट्रिय टोलिमा पर्न सफल हुनुभएका चेतनले लामो समयसम्म टोलिमा टिक्न सक्नुभएन ।
प्रवक्ता राईले तात्कालका लागि सहायक प्रशिक्षक नियुक्त हुनुभएका घिमिरेको अनुबन्धन थप्न सकिने बताउनुभयो । उहाँले आजैबाट जिम्मेवारी बहन गर्नुभएको छ । राष्ट्रिय महिला टोलिले छनोटको तयारी गर्ने क्रममा प्रमुख प्रशिक्षक गैरी फिलिप्स र सहायक प्रशिक्षक चेतन घिमिरे रहनुहुनेछ ।