फुटबल | खेलकुद |

चेलसीले कीर्तिमान मूल्यमा लुकाकूको सम्झौता थप्यो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । चेलसीले स्ट्राइकर रोमेलो लुकाकूको अनुबन्धन सम्झौता थपेको छ । चेलसीले नौ करोड ७५ लाख पाउन्डमा पाँच वर्षका लागि लुकाकूको अनुबन्धन सम्झौता थपेको हो।
२८ वर्षीय बेल्जियन स्ट्राइकरले सन् २०१४ मा चेलसी छोडेर दुई करोड ८० लाख पाउन्ड लिएर इभर्टन सर्नुभएको थियो । सम्झौतापछि लुकाकूले भन्नुभयो, “म बच्चा छँदा यहाँ आएको थिएँ, अनुभव बटुल्दै पुनः वयस्क भएर फर्केको छु ।” उहाँले आफू सानो छँदा चेलसीको समर्थक रहेकोमा अझै बढी उपाधि जित्न सहयोगीको भूमिकामा फर्किदा खुशी महसुस भएको बताउनुभयो ।