फुटबल | खेलकुद |

बेञ्जिमाको दुई गोलमा रियल मड्रिडको आल्भ्समाथि सहज जित

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । करिम बेञ्जिमाले दुई गोल गरेपछि रियल मड्रिडले आल्भ्समाथि ४–१ को जित हात पारेको छ । स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा रियल मड्रिडले जितसहित उत्कृष्ट सुरुवात गर्न पुगेको छ ।
रियल मड्रिडले टटनहमबाट क्लबमा पुनरागमन गर्नुभएका गैरेथ बेललाई पहिलो प्राथमिकतामा राखेर उतारेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको ४८ औं मिनेटमा इडेन हर्जाडले गोल तयार गर्दा बेञ्जिमा फिनिश दिदै १–० को अग्रता दिलाउनुभयो । ५६ औं मिनेटमा नाचोले गोल अन्तरलाई दोब्बर पार्नुभयो । ६२ औं मिनेटमा करिम बेञ्जिमाले आफ्नो दोस्रो गोल पुरा गर्दा रियल मड्रिडले अग्रतालाई तेब्बर बनायो ।
६५ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत् गोल गर्दै आल्भ्सका लागि पुनरागमन गोल गर्नुभयो । तर उक्त गोल शान्त्वनामा मात्रै सीमित रहन गयो । खेलको अतिरिक्त समयमा भिनिसय जुनियरले चौथो गोल गर्दा रियल मड्रिडले ४–१ को सहज जित हात पार्न सफल भयो ।