फुटबल | खेलकुद |

तेस्रो खेलमा समेत मेस्सीले ‘डेब्यु’ नगर्ने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ४ गते । पेरिस सैन्ट जर्माइन(पीएसजी)को तेस्रो खेलमा समेत लियोनल मेस्सी नउत्रिने भएको छ । पीएसजीले लिग वानमा आज ब्रेस्टको सामना गर्दैछ ।
पीएसजीले लिग वानको आफ्नो तेस्रो खेलका लागि २३ सदस्यीय टोलिको घोषणा गरेको छ । टोलिमा मेस्सी पर्नुभएको छैन् । पीएसजीका प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले घोषणा गर्नुभएको २३ सदस्यीय टोलिमा मेस्सी र नेयमार हुनुहुन्न । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जिते यता मेस्सी प्रशिक्षणमा देखिएपनि खेल्ने अबसर पाउनुभएको छैन् । गत् साताको सुरुवातमा उहाँ पीएसजी प्रबेश गर्नुभएको थियो ।
“सबैथोक सकारात्म छ, टोलिमा राम्रो वातावरण छ, मेस्सी छिट्टै राम्ररी घुलमिल हुन पुग्नुभएको छ ।” –पोचेटिनोले यसअघि बताउनुभएको थियो । यद्दपी उहाँले आफूहरु मेस्सीको मूल्याङ्कन गरिरहेको र छिट्टै निर्णयमा पुग्ने बताउनुभयो ।
पीएसजी आफ्नो पूर्ण क्षमता बिना नै लिग वानको खेलमा उत्रिएको छ । पछिल्लो दुई खेलमध्ये दुबैमा जित हात पारेको पीएसजी अङ्कतालिकाको तेस्रो स्थानमा छ ।