अन्तर्राष्ट्रिय |

न्युजिल्याण्डमा थप ४१ जनामा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । एक जना सङ्क्रमित फेला पर्दा तीन दिनका लागि राष्ट्रब्यापी लकडाउन गरेको न्युजिल्याण्डमा कोरोनाका थप ४१ जना सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै न्युजिल्याण्डमा सक्रिय सङ्क्रमितको संख्या १४८ पुगेको छ ।
अलजजिराका अनुसार स्वास्थ्य विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले कोरोनाको डेल्टा स्वरुपले चुनौती थपेको बताउनुभएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये ३८ जना अकल्याण्डका छन् । तीन जना वेलिंग्टन र ब्लूमफिल्डका छन् । नयाँ पहिचान गरिएका सङ्क्रमितमध्ये एक जना नवजात शिशु पनि छन् ।