नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हुने
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले एडप्याड प्रा.लि.सँग प्रसारण र बजार सम्झौता गरेको छ ।
एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सूरज गिरीले एन्फा कम्प्लेक्समा आयोजित एक समारोहबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । एडप्याडले सम्झौता बमोजिम एन्फालाई २५ लाख दश हजार रुपियाँ उपलब्ध गराउनेछ ।
नेपालले दशरथ रङशालामा भदौ १७ र २० गते गरी भारत बिरुद्ध दुई फुटबल खेल खेल्नेछ । नेपालको राष्ट्रिय फुटबल टोलि हाल मैत्रीपूर्ण खेल र साफ च्याम्पियनशीपको तयारी स्वरुप पोखरामा बन्द प्रशिक्षणमा छन् ।
एडप्याडका प्रबन्ध निर्देशक गिरीले हिमालय टेलिभिजन र एक खेलकूद च्यानलमार्फत् नेपाल र भारतबीचको खेलको प्रत्यक्ष प्रसारण हुने बताउनुभएको छ ।