चेलसीका मीडफिल्डर जोर्गिन्हो यूरोपको वर्ष खेलाडी घोषित
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । चेलसी एवम् इटालीका मीडफिल्डर जोर्गिन्हो यूरोपेली वर्ष खेलाडी घोषित हुनुभएको छ । २९ वर्षीय जोर्गिन्होले आफ्नै सहखेलाडी एन’गोलो कन्टे र म्यान्चेष्टर सिटीका केभिन डे ब्रुइनलाई उछिनेर वर्ष खेलाडी घोषित हुनुभएको हो ।
यूरोपेली फुटबल संघ(यूइएफए)ले थोमस टुचेल वर्ष प्रशिक्षकको रुपमा घोषित गरेको छ । चेलसीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनुभएका टुचेललाई यूइएफएले वर्ष प्रशिक्षक घोषित गरेको हो । बार्सिलोनाका कप्तान अलेक्जिया पुतेल्लास वर्ष खेलाडी महिलाको उपाधि जित्नुभएको हो ।
जोर्गिन्होले चेलसीका लागि ५६ खेल खेल्नुभएको छ । जसमा उहाँले नौ गोल गर्नुभएको छ । उहाँको उपस्थितिमा चेलसीले च्याम्पियन्स लिग र इटालीले यूरोपेली च्याम्पियनशीपको उपाधि जित्न सकेको हो ।