फुटबल | खेलकुद |

रियल मड्रिडले म्बाप्पेको प्रस्ताब स्वीकार्न समयसीमा तोक्यो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । रियल मड्रिडले क्लियन म्बाप्पे सम्बन्धमा आफूले गरेको प्रस्ताब स्वीकार गर्न पेरिस सैन्ट जर्माइन(पीएसजी) समक्ष आइतबारसम्मको समयसीमा निर्धारण गरेको छ । रियल मड्रिडले म्बाप्पे भित्र्याउन एक सातादेखि निरन्तर पीएसजीसँग सम्पर्कमा छ ।
पीएसजीले आवश्यक रकममा सहमति हुन नसक्दा क्लियनलाई मुक्त गर्न सकेको छैन् । रियल मड्रिडले भने क्लियनका लागि १६ करोड ३० लाख पाउन्डभन्दा बढी तिर्न नसक्ने प्रष्ट्याएको छ । उक्त मूल्यमा मुक्त गर्न पीएसजीले सहमति जनाए क्लियन म्बाप्पे रियल मड्रिड प्रस्थान गर्नुहुनेछ ।
पीएसजीले भने आज लिग वानमा आज रैम्सको सामना गर्दैछ ।