भारतीय फुटबल टोली आज नेपाल आउँदै
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । भारतीय फुटबल टोलि आज नेपाल आउँदैछ । नेपाल बिरुद्धको दुई खेलको मैत्रीपूर्ण फुटबल खेल्न टोलीआज पौने चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण स्पर्धाको पहिलो खेल दशरथ रङशालामा बिहीबार खेलाइनेछ । दोस्रो खेल आगामी आइतबार हुनेछ । एन्फाका महासचिब इन्द्रमान तुलाधरले करिब ३० सदस्यीय ब्यवस्थापकसहितको भारतीय फुटबल टोलि पौने चार बजे नेपाल आइपुग्नेछ ।
भारतीय फुटबल टोलिका प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले गत् शुक्रबार नेपाल बिरुद्धको मैत्रीपूर्ण फुटबलका लागि २५ सदस्यीय टोलिको घोषणा गर्नुभएको थियो । भारतीय टोलिको गोलरक्षकमा अमरिन्दर सिंह, धीरज सिंह मोइरङथेम, गुरप्रित सिंह सन्धु रहनुभएको छ । त्यसैगरी डिफेन्डरमा प्रितम कोटाल, चिङ्ग्लेनसाना सिंह कोन्शाम, मन्डार राओ देसाइ, आकाश मिश्र, राहुल भेके, शुभाषिश बासे र सेरिटोन फर्नान्डेस रहनुभएको छ ।
मीडफिल्डमा लालेङ्माइवा, बिपीन सिंह, अनिरुद्ध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेस, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लैन मार्टिन्स, सुरेश सिंह वाङ्गजम, जिक्सन सिंह, प्रोने हाल्दर रहनुभएको छ । फरवार्डमा मनवीर सिंह, रहिम अलि, सुनिल क्षेत्री र फारुख चौधरी हुनुहुन्छ ।
आज नेपाल अवतरण गरेपछि आरामपछि भोलि बिहानैदेखि फुटबल टोलि प्रशिक्षणका लागि प्रस्थान गर्नेछ । एन्फा महासचिब तुलाधरले भारतीय फुटबल टोलिको प्रशिक्षण र अभ्यासका लागि नेपाली सेनाको फुटबल ग्राउन्ड प्रयोग गर्न दिइने बताउनुभएको छ ।