फुटबल | खेलकुद |

नेपाल भारतबीचको फुटबल खेलमा दर्शकको उपस्थिति रहने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १६ गते । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा दर्शकको उपस्थिति रहने भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड र अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)को मापदण्ड बमोजिम दर्शकको उपस्थितमा खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्(राखेप) हुँदै युवा तथा खेलकुद मन्त्रायलमा दर्शकसहित खेल खेलाउन प्रस्ताब गरेको थियो । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल सरकार मन्त्रीपरिषद्ले एन्फाको प्रस्ताब स्वीकृत गरेको जानकारी दिनुभएको छ । तर रङशाला प्रबेशका लागि मापदण्ड निर्धारण गरिएको छ ।
मापदण्ड बमोजिम रङशाला प्रबेश गर्ने दर्शकले कम्तिमा कोभिड १९ बिरुद्धको दुबै खोप लगाएको हुनुपर्ने, खोप नलगाएको अवस्थामा पीसीआर परीक्षणको प्रतिवेदन निगेटिभ हुनुपर्नेछ । एन्फाका अध्यक्ष शेर्पाले नेपाल र भारतबीचको खेलमा पाँच हजार एक सय दर्शक उपस्थित हुने बताउनुभयो । भिडभाड कम गर्न पाँच वटै प्रबेश द्वारबाट रङशाला प्रबेश गर्ने ब्यवस्था मिलाउने बताउनुभएको छ । मैत्रीपूर्ण फुटबल अन्तगर्तको पहिलो खेलमा नेपालले बिहीबार साँझ घरेलु मैदान दशरथ रङशालामा भारतको सामना गर्नेछ ।