फुटबल | खेलकुद |

नेपाल भारतबीचको फुटबल खेल बराबरीमा टुंगियो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको छ । मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तगर्तको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता बनाएपनि भारतले खेलमा फर्किदै गोल गरेपछि १–१ को बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । अनिरुद्ध थापाले ६० औं मिनेटमा गोल फर्काउँदा भारतले खेलमा वापसी गरेको थियो । उक्त गोल नै खेलको अन्तिम गोल रहन गयो ।