स्पेनले कोसोभोलाई हरायो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । स्पेनले कोसोभोलाई हराएको छ । विश्वकप छनोट फुटबल अन्तगर्त गए राति सम्पन्न खेलमा स्पेनले कोसोभोमाथि २–० को जित हात पारेको हो ।
स्पेनको जितमा वेष्टहमका मीडफिल्डर पाब्लो फोर्नल्सले आफ्नो ‘डेब्यु’ खेलमै गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । ३२ औं मिनेटमा सुरुवाती गोल गरेको स्पेनले अग्रतालाई दोब्बर पार्न खेलको उत्तराद्र्धसम्म पर्खिनुपर्यो । फेर्रन टोरसले ८८ औं मिनेटमा गर्नुभएको गोल स्पेनको कोसोभोमाथि २–० को जित दिलाउन पर्याप्त भयो ।
छ खेलपछि स्पेन समूह बी मा अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानको स्वीडेनभन्दा ऊसले चार अङ्कको स्पष्ट अग्रता बनाएको छ । स्वीडेनले गए राति नै सम्पन्न खेलमा ग्रीसबाट २–१ को हार बेहोर्यो ।