राष्ट्रिय फुटबल टोली दोहा प्रस्थान
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । नेपालको राष्ट्रिय फुटबल टोली दोहा प्रस्थान गरेको छ । बन्द प्रशिक्षणका लागि राष्ट्रिय टोली आज बिहान दोहाका लागि प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
एन्फाका अनुसार दोहामा फुटबल टोली १७ दिनसम्म बन्द प्रशिक्षणमा रहनेछ । दोहाबाटै राष्ट्रिय टोली दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनसिप खेल्न माल्दिभ्स प्रस्थान गर्नेछ । दोहाबाट सेप्टेम्बर २७ मा राष्ट्रिय टोली माल्दिभ्सका लागि उड्नेछ ।
आगामी महिना सुरु हुने दक्षिण एसियाली फुटबल(साफ) च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीले घरेलु मैदानमा गत् साता भारतविरुद्ध दुई खेलको मैत्रीपूर्ण फुटबल खेलेको थियो ।