फुटबल | खेलकुद |

भिलारियाललाई बिल्बाओले हरायो

म्याड्रिड, कात्तिक ७ गते । स्पेनी लिगमा एथलेटिक बिल्बाओले भिलारियललाई २–१ गोलले हराएको छ ।

बिल्बाओलाई जिताउन राउल गार्सिया र इकर मुनियनले गोल गर्नुभयो । भिल्लारियलका फ्रान्सिस कोक्वेलिनले गरेको गोल सान्त्वना मात्र बन्यो । प्रतिस्पर्धात्मक खेलमा राउलले १४औं मिनेटमा गोल गर्दै घरेलु टोली बिल्बाओको उत्साह जगाउनुभएको थियो । उहाँले इनाकी विलियम्सको पासमा गोल गर्नुभएको हो । यद्यपि ३२ औं मिनेटमा कोक्वेलिनले अर्नउट डान्जुमाको पासमा गोल गरी खेल बराबरीमा ल्याउनुभयो ।

७७ औं मिनेटमा मुस्पेनीनियनले पेनाल्टी गोल गर्दै बिल्बाओलाई महत्वपूर्ण जित दिलाउनुभएको हो । भिल्लारियलका अल्बर्टो मोरेनोले विपक्षीलाई डिबक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायतामा बिल्बाओलाई पेनाल्टीको अवसर दिएका हुन् । बिल्बाओले ८२ औं मिनेटमा अर्को पेनाल्टी पाएको थियो । तर एलेक्स बेरेनग्वेरको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्लीले जोगाउनुभयो ।

यस जितसँगै बिल्बाओ सातौं स्थानमा उक्लेको छ । भिल्लारियल १३ औं स्थानमा छ । शनिबार राति नै भएको अन्य खेलमा इल्चे र इस्पानियोल तथा भ्यालेन्सिया र मायोर्काले समान २–२ गोलको बराबरी खेले । अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले काडिजलाई २–० गोलले हरायो ।
एजेन्सी