फुटबल | खेलकुद |

रारा फुटबल क्लब बेलबारी गोल्डकपको अन्तिम चारणमा

हरि कोइराला
उर्लाबारी ,कात्तिक १४ गते । खेलमा अन्तिम एक मिनेट सम्हालिन नसक्दा आयोजक डाँगीहाट फुटबल क्लब मोरङको बेलबारीमा जारी बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा रारा फुटबल क्लब धनकुटासँग २–१ गोलले पराजित भएको छ ।
आयोजक क्वाटरफाइनलबाट बाहिरिँदा रारा(राजारानी) फुटबल क्लब अन्तिम चारमा सुरक्षित भएको छ । ९ औं मिनेट रारा फुटबल क्लब धनकुटाका खेलाडी ग्लोरीले कर्ण लिम्बूको पासमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाउनु भयो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३१ औं मिनेटमा आयोजक टिमका सन्तोष न्यौपानेले गोल गर्दै टिमलाई बराबरीकोे अवस्थामा पु¥याउनु भयो । १–१ गोलको बराबरी पछि खेल निक्कै घम्साघम्सी पूर्ण भयो । रारा फुटबल क्लबका बुद्ध चेम्जोङ ५४ औं मिनेट गोल पोष्टमा बल पु¥याएर पनि बललाई जालीको दिशा दिन चुक्नुभयो । लगत्तै आयोजकका सन्तोष न्यौपानेले गोल गर्ने अवसर खेर फाल्नुभयो ।
दर्शकको उल्लेख्य उपस्थिति रहेको आजको खेलमा निर्धारित समय पछि थप गरिएको पहिलो मिनेटमै रारा फुटबल क्लबका योगेश गुरुङले निर्णायक गोल गर्नुभयो । आयोजकका गोल रक्षक रोहन खत्री योगेशको प्रहार बचाउ गर्न डिबक्स अगाडि आउँदा योगेशले खाली पोष्टमा जाली चुमाउनु भयो । आजको खेलमा रारा फुटबल क्लब धनकुटाका बुद्ध चम्जोङ म्यान अफ दम्याच घोषित हुनुभयो । चेम्जोङलाई मोरङ काङ्ग्रेसका सचिव नागेश कोइरालाले पाँच हजार ५ सय नगद सहित ट्रफ्री प्रदान गर्नुभयो । सोमबार पहिलो सेमीफाइनल खेल रोलिङ क्लब झापा र हिमालयन शेर्पा क्लब काठमाडौं बीच हुनेछ ।