फुटबल | खेलकुद |

पीएसजीमा मेस्सीको ‘डेब्यू’ गोल


काठमाडौं, मङ्सिर ५ गते । यसैसिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुग्नुभएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा ‘डेब्यू’ गोल गर्नुभएको छ । मेस्सीको गोलसँगै शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोलले हरायो ।

पीएसजीले १० खेलाडीमा समेटिएर नान्टेसमाथि सहज जित निकालेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले खेलको दोस्रो मिनेटमै खाता खोल्नु भएको थियो । ६५औँ मिनेटमा नान्टेस १० खेलाडीमा समेटिएको थियो । गोलरक्षक केलर नाभास सोझै रातोकार्ड पाउँदै बाहिरिनुभयो । तरपनि ७६औँ मिनेटमा रान्डल कोलो मुआनीले गोलगर्दै नान्टेसलाई खेलमा फर्काउने प्रयास गर्नुभयो।

८२औँ मिनेटमा नान्टेसका डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा पुनः अग्रता लियो । त्यसपछि ८७औँ मिनेटमा मेस्सीले गोलगर्दै पीएसजीलाई सानदार जित दिलाउनुभयो । लिग वानमा ६ खेल खेल्नु भएका मेस्सीको यो पहिलो गोल हो ।

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले १४ खेलबाट ३७ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानको रेनेसभन्दा १२ अंकले अगाडी छ । पीएसजीसँग पराजित नान्टेस १८ अंकसहित ११औँ स्थानमा छ । एजेन्सी