जावलाखेल र एपीएफले अंक बाँडे
काठमाडौँ, पुस २३ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशलामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।
बराबरीसँगै आठ खेलबाट आठनै अंक बनाएको जावलाखेल नवौँ स्थानमा छ । समान खेलबाट सात अंक बनाएको एपीएफ १०औँ स्थानमा छ । एपीएफका एडमा डम्बिया ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरुसकार प्राप्त गर्नुभयो । ‘इमर्जिङ प्लेयर’ चुनिनु भएका जावलाखेलका सिमान्त थापाले पाँच हजार रुपियाँ पुरुस्कार प्राप्त गर्नुभयो ।