लनटेनिस टोली श्रीलंका जाँदै
काठमाडौँ, माघ २७ गते । आईटीएफ विश्व जुनियर टेनिस प्रतियोगिता (एसिया ओसियाना प्रिक्वालिफाइङ) मा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दैछ ।
फेब्रुअरी १४ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्नुहुनेछ । त्यसपछि कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डे भिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले प्रतिस्पर्धा गर्नुहुनेछ ।
सोही अवसरमा जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने नेपाल टेनिस संघले जनाएको छ । टोलीको प्रशिक्षकमा रामेश्वर थापा हुनुहुन्छ ।