फुटबल | खेलकुद |

एमएफ फुटबल क्लब सेमिफाइनलमा

उर्लाबारी, फाल्गुन १५ गते । भारत दार्जिलिङको एमएफ फुटबल क्लब मोरङको सुनबर्षी २ अमरदहमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा दार्जिलिङले झापाको पूर्वाञ्चल भेट्रान्सलाई ४–० गोलले हराउँदै दार्जिलिङ अन्तिम चारमा पुगेको हो ।

दार्जिलिङले खेलको चौथो मिनेटमा क्यारेङ्सन लिङसुङको गोलबाट अग्रता लिएको थियो। मध्यभागबाट एक्लै बल लगेर लिङसुङले गोल गर्नुभयो । पूर्वार्धमा १–० ले पछि परेको पूर्वाञ्चल भेट्रान दोस्रो हाफपछि रक्षात्मक देखियो । ४४ओैँ झापाका लालबहादुर आलेले दार्जिलिङका डोनाल्डलाई डिबक्स भित्र फल गरेपछि दार्जिलिङले पेनाल्टीको मौका पाएको थियो ।

पेनाल्टी प्रहारबाट इजरायल गुरुङले गोल गर्दै दार्जिलिङलाई २–० कोअग्रता दिलाउनुभयो । त्यसपछि ५४ओैँ र ५६ओैँ मिनेटमा दार्जिलिङका डोनाल्डले लगातार दुई गोल गर्नुभयो । दुई गोल गर्ने दार्जिलिङका डोनाल्ड खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो । हुनुभयो ।उहाँले नगद ५ हजार र ट्रफि प्राप्त गर्नुभयो । सोमबारयोङ ब्रदर्स सुनसरी र पोखरा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।