बाँसबारी क्लबलाई अराउन्ड द हिमालयजको साथ
काठमाडौँ, फाल्गुन १७ गते । शहिद स्मारक ‘बी’ डिभिजन क्लब बाँसबारी क्लबलाई मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयजको साथ रहेको छ । बाँसबारीले हिमलयजसँग मंगलबार एक वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । सम्झौता अनुसार हिमालयजले बाँसबारी क्लबलाई १० लाख रुपियाँ प्रदान गर्नेछ ।
बाँसबारीले अराउन्ड द हिमालयज बाँसबारी क्लबको नाममा लिग खेल्नेछ । लिगको उपाधि जित्ने लक्ष्य राखेको बाँसबारीले २३ खेलाडी र तीन प्रशिक्षकलाई अनुबन्ध गरिसकेको छ । टोलीको मुख्य प्रशिक्षकमा निरन बिष्ट र सहायक प्रशिक्षकमा निशान श्रेष्ठ हुनुहुन्छ ।
खेलाडीहरुमा अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, रवि थापामगर, रन्जीत श्रेष्ठ, उमेश कार्की, मिनष घले भिष्मराज घिमिरे, निशान सुनार, विशाल स्याङतान, रोशन नेपाल, राजेश पौडेल, बिक्की राई, कोमल खवास, निसान रावल, प्रदीप बोगटी, सञ्जय धिमाल, सुमित श्रेष्ठ, राजकुमार कुँवर, सुदाङस महतो, सन्दिप सेन्चुरी, हार्दिक भण्डारी, सुरज कार्की, अमित टमाटा र प्रीन्स महर्जन हुनुहुन्छ ।
‘बी’ डिभिजन लिग बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ । चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।