सिटी एफए कपको क्वार्टरफाइनलमा
काठमाडौँ, फाल्गुन १८ गते । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० गोलले हरायो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सिटीलाई जिताउन रियाद महारेज र ज्याक ग्रेलिसले गोल गर्नुभयो । बलियो सिटीलाई पहिलो हाफमा रोकेको पिटरर्सब्रग दोस्रो हाफमा कमजोर बन्यो ।
६०औँ मिनेटमा रियाद फिल फोडेनको पासमा गोल गर्नुभएको थियो । ६७औँ मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै सिटीलाई जिताउनुभयो । अर्को खेलमा प्रिमियर लिग टोली टोट्टनहाम च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० गोलले पराजित भएको छ । हारसँगै टोट्टनहाम एफए कपबाट बाहिरिएको छ ।
प्रतिस्पर्धात्मक खेलमा मिडल्सब्रगलाई जिताउन जोस कोवर्नले १०७औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाटले ५३औँ र जाइरो राइडवाल्डले ८२औं मिनेटमा गोल गर्नुभयो । स्टोकका जोस टेमोनको ५८औँ मिनेटको गोल सान्त्वना बन्यो । एजेन्सी