फराकिलो जितसँगै इन्टर शीर्षस्थानमा
काठमाडौँ, फागुन २१ गते । रेलिगेसनको मारमा रहेको सालेरनिटानामाथि फराकिलो जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५–० गोलले हरायो ।
इन्टरको फराकिलो जितमा लोउटारो मार्टिनेजले ह्याट्रिक गर्नुभयो । दुई गोल इडेन जेकोको नाममा रह्यो । इन्टरले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । २२औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाउनुभयो । मार्टिनेजले ४०औँ मिनेटमा निकोलो बरेल्लाको पासमा गोल गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ५६औँ मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दै इन्टरलाई थप बलियो बनाउनुभयो ।
त्यसपछिको जेकोले ६४औँ र ६९औँ मिनेटमा गोल गर्दै इन्टरलाई सजिलै जिताउनुभयो । जितसँगै इन्टर मिलानले नापोली र एसी मिलानलाई पछि पार्दै शीर्षस्थान कब्जा गरेको हो । इन्टरको २७ खेलबाट ५८ अंक पुगेको छ । नापोली र एसी मिलानको समान खेलबाट ५७ अंक छ । पराजित सालेरनिटाना १५ अंक सहित तालिकाको अन्तिममा छ । एजेन्सी