फुटबल | खेलकुद |

चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौँ, चैत ६ गते । प्रिमियर लिग क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब मिडल्सब्रगलाई उसैको मैदानमा २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जियाचले गोल गर्नुभयो ।

दुवै गोल पहिलो हाफमा सम्भव भएको खेलमा लुकाकुले १५औँ मिनेटमा मासन माउन्टको पासमा गोल गर्नुभएको थियो । ३१औँ मिनेटमा हाकिम जियाचले मासन माउन्टकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सी सजिलै विजयी भयो । एजेन्सी