पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गयाे
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ७ गते । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा तीन सङ्क्रमितको ज्यान लिएको छ । याेसँगै नेपालमा त्यसरी मृत्यु हुनेकाे सङ्ख्या १४९ पुगेकाे छ ।
त्यसरी मृत्यु हुनेमा पर्साका ५६ वर्षीया महिला, सर्लाहीका ३३ वर्षीया महिला र झापाका ५८ वर्षीय पुरूष रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
भदौ ५ गते शुक्रबार नेपालमा अहिलसम्मकै सबैभन्दा बढी सङ्क्रमितहरुको मृत्यु भएको थियो । सो दिन ११ जनाको ज्यान गएको थियो ।