काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै २२४ सङ्क्रमित पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ८ गते । काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २२४ जना सङ्क्रमित थपिएका छन् । यसअघि काठमाडौँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको गत शनिबार २१६ जना रहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा २२४ जना सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।