काठमाडौँ उपत्यकामा कोरोनाका २३२ सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ९ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ का २३२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका २३२ सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयले दैनिक गर्दैआएको प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकाको तीन जिल्ला काठमाडौँमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी २३३ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।