काेराेनाका कारण सात जनाको मृत्यु, कुल २२८ पुग्याे
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १५ गते । कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ ।
एक जना बालिकासहित तीन जना महिला र चार जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
महोत्तरीमा चार वर्षीया बालिका, गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, झापामा ४७ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ र भक्तपुरमा ७९ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।
यसरी सोमबारसम्म भाइरसका कारणले मृत्यु भएकाको सङ्ख्या २२८ पुगेको छ ।