काठमाडौँ उपत्यकामा कोरोनाका ४८१ सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडाैँ, भदौ १६ गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ४८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाका तीन जिल्लामा ४८१ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी ४८१ जना थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो पछिल्लो चौबीस घण्टामा निको हुने अहिलेसम्मकै सबैभन्दा बढी हो । पछिल्लो चौबीस घण्टामा १२ हजार ८८ जना पीसीआर परीक्षण गरिएको छ ।