काठमाडौँ उपत्यकामा कोरोनाका ३८८ सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका ३८८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणबाट काठमाडौँ उपत्यकाको तीन जिल्लामा ३८८ सङ्क्रमित थपिएकाे पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा नौ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ ।
नेपालमा कोरोनाका १८ हजार १०८ जनामा सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ११२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।