मृत्यु हुने दर बढ्दाे, थप १२ सहित कुल मृतक सङ्ख्या २५१ पुग्याे
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १७ गते । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दाे दिशामा रहेकाे छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएकाे छ । छजना महिलासहित १२ जनाकाे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएकाे हाे ।
चितवनमा १८ र ५५, काठमाडाैंमा ८९, ललितपुरमा ७०, तनुहँमा २० र कपिलबस्तुमा ६० वर्षीया महिला र बारामा ९७, चितवनमा ६५, भक्तपुरमा ४० ,काठमाडाैंमा ७० र ७५ र धादिंगमा ४७ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।
यसरी बुधबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ । नेपालमा मृत्युदर अहिले शून्य दशमलब ६ प्रतिशतमा उक्लेकाे छ ।