थप छ जनाकाे काेराेनाका कारण मृत्यु, कुल २५७ पुग्याे
गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १८ गते । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु दर बढ्दाे छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएकाे छ । चारजना महिलासहित ६जनाकाे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएकाे हाे ।
चितवनमा ४०, भक्तपुरमा ४० , तनुहँमा ९२ र रूपन्देहीमा ७७ वर्षीया महिला र रूपन्देहीमा ६५ र सिन्धुपाल्चाेकमा ७७ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।
यसरी बिहीबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । नेपालमा मृत्युदर अहिले शून्य दशमलब ६ प्रतिशत छ ।