काठमाडौं उपत्यकाका ४३१ मा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । काठमाडौं उपत्यकामा ४३१ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार १७६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४३१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ३७७ जना छन् । ललितपुरका ३७ र भक्तपुरका १७ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १५० महिला र २२७ पुरुष, ललितपुरमा १६ महिला र २१ पुरुष तथा भक्तपुरमा पाँच जना महिला र १२ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।