स्वास्थ्य |

काठमाडौं उपत्यकामा ६३७ सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।