काठमाडौं उपत्यकामा ७५५ सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, असोज ८ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रतिको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा २२९ महिला र ३८० पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुष तथा भक्तपुरमा १२ महिला र ३९ पुरुषमा सङ्क्रमितको पहिचान गरिएको छ ।