काठमाडौं उपत्यकामा ६४५ मा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, असोज ९ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६४५ जना नयाँ सङ्क्रमित पहिचान गरिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना नयाँ सङ्क्रमितको पहिचान भएको हो । मन्त्रलायले काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुष तथा भक्तपुरमा २० महिला र ३१ पुरुष सङ्क्रमितको पहिचान गरिएको जनाएको छ ।
त्यसैगरी, वागमती प्रदेशका १२ जिल्लामा पछिल्लो चौबीस घण्टामा ७४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं र ललितपुरपछि सबैभन्दा बढी वागमती प्रदेशको चितवनमा ६७ जना सङ्क्रमितको पहिचान गरिएको छ ।