स्वास्थ्य |

एक हजार ३५१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७४ हजार ७४५

गोरखापत्र अनलाइन
काठमाडौँ, असोज १२ गते । नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको बताइएकाे हो ।

थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ ।

चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४०  पुगेको छ ।

कोरोना सङ्क्रमणमुक्त हुने दर ७३ प्रतिशत पुगेकाे छ । 

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४८१ पुगेकाे छ ।