स्वास्थ्य |

काठमाडौं उपत्यकामा ८१७ सहित वागमतीमा ८९३ मा सङ्क्रमण पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, असोज १२ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८१७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ८१७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुष तथा भक्तपुरमा १६ महिला र २० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्लासिहत वागमती प्रदेशमा ८९३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
चौबीस घण्टामा एक हजार ३५१ जना थपिएकोमा ८९३ सङ्क्रमित वागमती प्रदेशकै छन् । काठमाडौं उपत्यकाबाहेक मकवानपुरमा सबैभन्दा बढी ४० जना सङ्क्रमित थपिएका छन् ।