स्वास्थ्य |

अझै पनि रेविज रोग लागेर मानिसको मृत्यु हुनु दुःखद

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १३ गते । नेपालमा बर्सेनि एक सयभन्दा बढी मानिसको रेविजका कारण मृत्यु हुने गरेको छ । त्यसमा पनि १५ वर्षमुिनका ४० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । यो अवस्थालाई सन् २०३० सम्म शून्यमा झार्ने रणनीति बनाउने विषयमा सोमबार विज्ञहरूबीच छलफल सम्पन्न भएको छ ।
विश्व रेविज दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दिपेन्द्ररमण सिंहले स्थानीयस्तरसम्म नै रेविज बिरुद्धको जनचेतना अभिबृद्धि कार्यक्रमका साथै रेविज खोप पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले रेविज रोग लागेर अझ पनि मासिनको मृत्यु हुनु भनेको दुःखद र दूर्भाग्य भएको बताउनुभयो ।
उहाँले वर्सेनि सयभन्दा बढी रेविज लागेर नेपालमा मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्कलाई सन् २०३० सम्ममा शून्यमा झार्न सम्बद्ध निकाय र मन्त्रालयले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महाशाखाका जुनेटिक शाखा प्रमुख डा।हेमन्तचन्द्र ओझाले रेविजका विषयमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा डब्लूएचका डा।लुङसेन वाङ्चुकलगायतको उपस्थिति रहेको थियो ।
महाशाखाका भेटेनरी अफिसर डा.रोशिका श्रेष्ठका अनुसार, सन् २०३० सम्म कुकुरले टोकेर हुने मानिसको मृत्यु दरलाई शून्य कसरी बनाउने भन्ने रणनीति बनाउने विषयमा छलफल केन्द्रित भएको डा।श्रेष्ठले जानकारी दिनुभयो । उहाँले रेविज अन्त्यका लागि सम्बद्ध निकायबीच सहकार्य र खोप नै महत्वपूर्ण हुने बताउनुभयो ।