थप एक हजार ५५९ जना सङ्क्रमितसहित ७७ हजार ८१७ पुग्याे
काठमाडौं, असोज १४ गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूना परीक्षण गरिएको छ । योसँगै नेपालमा कुल परीक्षण दशलाख २१ हजार ५०३ पुगको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । कुल संक्रमित २८.८५ प्रतिशत पुगेको छ
संक्रमणमुक्त
पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७२.५१ प्रतिशत पुगेको छ ।
आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८ जना रहेका छन्
मृत्यु
पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६४ पुगेको छ ।
उपचार
२०१ जना सङ्क्रमितहरू आइसीयूमा र ३० जना सङ्क्रमितहरू भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।