काठमाडौं उपत्यकामा ९४३ मा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, असोज १५ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ९४३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ८१७ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । काठमाडौंमा २७२ महिला र ५४५ पुरुष, ललितपुरमा ३० महिला र ३८ पुरुष तथा भक्तपुरमा २६ महिला र ३२ पुरुष थपिएका हुन ।
पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ९११ जना सङ्क्रमित थपिएका छन् । १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।