स्वास्थ्य |

काठमाडौं उपत्यकामा एक हजार ६८४ मा सङ्क्रमण पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, असोज २१ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६८४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ६८४ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार १२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ६८ हजार ५६८ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२. ९ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४३९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपालमा कुल सङ्क्रमित ९४ हजार २५३ पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार सात पुगेको छ ।