राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उहाँलाई डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि काेराेना परिक्षण गर्दा उहाँमा काेभिड १९ पाेजिटिभ देखिएकाे थियाे। उहाँलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालकाे सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
थापाको उपचारमा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ काेईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनाेलाेजिस्ट डा. सुबाेध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्की लगायतकाे डाक्टर र नर्सहरुकाे टिम संलग्न थियो।
अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहनुहुने बर्तौलाले जानकारी दिनुभयो ।