स्वास्थ्य |

तातोपानी गाउँपालिकाले सुरु ग-योे कोभिड अस्पताल

 

नेत्र शाही जुम्ला

कार्तिक १३ गते । जुम्लाको तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा रहेको हेल्थपोष्टमा कोभिड अस्पताल सुरु गरेको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यक सुविधा थप्दै जाने योजना रहेको जानकारी दिनुभयो । आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ । यसैगरी संघीय सरकारले सहयोग गरेको रु १० लाखमा अस्पताल शुरु गरिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले थप्नुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको (चिकित्सक) आवेदन परेन । अहिले भने अहिले दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन् । अहिले ७ जना सक्रिय कोरोना संक्रमित  छन् । गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले थप्नुभयो । यसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । उनले भने पालिकाभरि ८ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । गाउँपालिकामा ५० बेडको आइसोलेसन  रहेको जानकारी दिनुभएको छ ।