काठमाडौं उपत्यकामा एक हजार ६२२ मा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १६ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ६२२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६२२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा एक हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार आठ सय २४ सङ्क्रमित थपिएका छन् । तीन हजार ६२० जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।